पाकिस्तानमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु, १७ जना घाइते

एजेन्सी, २३ पुस । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
साथै, दुर्घटनामा महिला र बालबालिकासहित १७ जना घाइते भएका छन् ।
उक्त घटना प्रान्तको खुजदार जिल्लाको राजमार्गमा विपरीत दिशाबाट आउँदै गरेको ट्रेलरलाई भ्यानले ठक्कर दिँदा भएको प्रहरीले सञ्चारमाध्यमलाई बताएको छ ।
उक्त भ्यानमा २५ जनाभन्दा बढी मानिस सवार थिए । प्रहरीका अनुसार उनीहरू नातेदारको विवाहमा सहभागी हुन जाँदै थिए ।
घाइते र शवहरूलाई नजिकैको अस्पतालमा लगिएको । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


