एजेन्सी, २३ पुस । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलालाई कोरोना संक्रमण भएको छ ।

सिटीले बिहीबार ग्वार्डीओलालाई कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

त्यस्तै सहायक प्रशिक्षक जुवानमा लिलोलाई पनि कोरोना संक्रमित भएका छन् ।

सिटीले दुबैजना आइसोलेसनमा बसेको जनाएको छ ।

कोरोना संक्रमित भएपछि ग्वार्डीओलाले एफए कपको तेस्रो चरण अन्तर्गत शुक्रबार हुने स्विडीन टाउनविरुद्ध खेल गुमाउने भएका छन् ।