भारतमा एक व्यक्तिद्वारा कोरोनाविरुद्ध ११ डोज खोप लिएको दाबी

एजेन्सी, २२ पुस । भारतमा एक व्यक्तिले आफूले कोरोनाविरुद्ध ११ डोज खोप लिएको दाबी गरेका छन् ।
बिहारको मधेपुरा जिल्लाको पुरैनी निवासी ८४ वर्षीय ब्रह्मदेव मण्डलले आफूले ११ डोज खोप लिएको दाबी गरेका हुन् ।
उनले कोरोनाविरुद्ध खोप लिन सुरु गरेदेखि स्वास्थ्यमा सुधार हुँदै गएको पनि दाबी गरे ।
मधेपुराका डाक्टर अमरेन्द्र प्रताप शाहीले मण्डलले भ्याक्सिन लिएको अथवा नलिएको विषयमा अनुसन्धान भइरहेको बताए ।
शाहीले अनुसन्धान गरेपछि मन्डलमाथि कारबाही हुने पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


