लियोनल मेस्सी कोरोना संक्रमणमुक्त

एजेन्सी, २२ पुस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी कोरोना संक्रमणमुक्त भएका छन् ।
क्लबले बुधबार मेसी संक्रमणमुक्त भएको जनाएको हो । क्लबका अनुसार अब उनी चाँडै नै प्रशिक्षणमा फर्किनेछन् ।
गएको आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै पिएसजीका अन्य तीन खेलाडीमा पनि संक्रमण पुष्टि भएको थियो ।
यही सिजन स्पेनिस क्लब बार्सिलोनाबाट पेरिस आएका मेस्सीले लिग वानको ११ खेलमा १ गोल गरेका छन् ।
पिएसजी १९ खेलमा ४६ अंक प्राप्त गरी लिग वानको शीर्ष स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


