भारतमा ओमिक्रोनबाट संक्रमित एक जनाको मृत्यु

एजेन्सी, २२ पुस । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित एक जनाको मृत्यु भएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनका कारण मृत्यु भएको यो पहिलो घटना हो ।
मन्त्रालयका अनुसार राजस्थानको उदयपुरमा ओमिक्रोनबाट संक्रमित एक वृद्धको मृत्यु हो । मन्त्रालयका सचिव लव अग्रवालका अनुसार उनमा डायबिटिज लगायतका स्वास्थ्य समस्या थियो ।
भारतमा ओमिक्रोनको पहिलो केस १२ डिसेम्बरमा केरलामा पुष्टि भएको थियो । त्यसअघि विश्वमा सबैभन्दा पहिले २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्रोन पुष्टि भएको थियो ।
हाल ओमिक्रोनबाट संक्रमित हुनेहरुको संख्या तीव्ररुपमा वृद्धि भएपछि विभिन्न देशहरुले चिन्ता व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


