रूट बने इंग्ल्याण्डका लागि लामो समय कप्तानी गर्ने खेलाडी

एजेन्सी, २१ पुस । इंग्ल्याण्ड टेस्ट टिमका कप्तान जो रूटले टेस्ट क्रिकेटमा इंग्ल्याण्डका लागि लामो समय कप्तानी गर्ने खेलाडी बन्दै इतिहास रचेका छन् ।
रूटले यो उपलब्धि एसेज सिरिजअन्तर्गत अस्ट्रेलियासँगको चौथो खेलमा हासिल गरेका हुन् । योसँगै उनी इंग्ल्याण्डका लागि सर्वाधिक ६० म्याचमा टेस्ट टिमको कप्तानी गर्ने पहिलो खेलाडी बनेका छन् ।
रूटले ५९ म्याचमा कप्तानी गर्दा इंग्ल्याण्डलाई २७ खेल जिताएका छन् । हालसम्म उनको कप्तानीमा इंग्ल्याण्डले २४ खेल हार्दा आठ खेल बराबरी खेलेको छ । रूटले २०१७ देखि इंग्ल्याण्डको टेस्ट टिमको कप्तानी गर्दै आएका छन् ।
यसअघि सबैभन्दा लामो समय इंग्ल्याण्डको टेस्ट कप्तानी गर्ने रेकर्ड एलिस्टर कूकको नाममा थियो । उनले इंग्ल्याण्डका लागि ५९ टेस्ट म्याचमा कप्तानी गरेका थिए । कूकले २०१० देखि २०१६ सम्म टेस्ट टिमको कप्तानी गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


