नोवेल मेडिकल कलेजमा विद्यार्थी संगठनद्वारा तोडफोड

विराटनगर, २१ पुस । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीको समर्थनमा गएका विद्यार्थी संगठनले तोडफोड गरेका छन् ।
अतिरिक्त शुल्क मागेको भन्दै आन्दोलनमा उत्रिएका एमबिबिएस प्रथम वर्षका विद्यार्थीको समर्थनमा पुगेका विद्यार्थी संगठनका नेता–कार्यकर्ताले तोडफोड गरेका हुन् ।
अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले करिब ८० जना विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ ।
कक्षमा छिर्न नदिएको भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीको समर्थनमा पुगेका विद्यार्थी नेताहरूले कलेजको मूल गेटमा तोडफोड गर्नुका साथै कलेज प्रशासनमा ताला लगाएका थिए ।
विद्यार्थी तोडफोडमा उत्रिएपछि कलेज परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कलेजमा एक सय जना भर्ना भएका छन् । उनीहरूले १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका हुन् ।
तर, कलेज प्रशासनले विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा थप शुल्क माग गरेपछि विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


