एजेन्सी, २१ पुस । कजाकिस्तानमा मूल्यवृद्धिलाई लिएर हिंसात्मक प्रदर्शनहरु भएपछि प्रधानमन्त्री अस्कार मामिनले राजीनामा दिएका छन् । उनले दिएको राजीनामा राष्ट्रपति कासिम जोमार्ट तोकावेयले स्वीकृति समेत गरिसकेका छन् ।

मध्य एसियामा रहेको कजाकिस्तानमा ग्यासको मुल्यवृद्धि भएपछि जनता विरोधमा उत्रेका थिए । प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीले पदबाट राजीनामा दिएका हुन् ।

राष्ट्रपति तोकावेयले उपप्रधानमन्त्री अलीखान समाइलोवाई अन्तरिम प्रधानमन्त्री बनाएका छन् ।

हिंसात्मक घटना बढेपछि अहिले कजाकिस्तानमा आपतकालको घोषणा गरिएको छ । आपतकाल दुई साताको लागि घोषणा गरिएको छ ।