एजेन्सी, २० पुस । अस्ट्रेलियाविरुद्धको एसेज सिरिजअन्तर्गत चौथो खेलका लागि इंग्ल्याण्डले स्टुअर्ट ब्रोडलाई टोलीमा समावेश गरेको छ ।

कुमको चोटका कारण ओली रोबिन्सनले खेल गुमाउने भएपछि ब्रोडलाई टोलीमा राखिएको इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्डले जनाएको छ ।

ब्रोडले इंग्ल्याण्डका लागि १५० टेस्टमा ५२६ विकेट लिएका छन् । पाँच खेलको सिरिज अस्ट्रेलियाले आफ्नो पक्षमा पारिसकेको छ । घरेलु टोलीले अघिल्लो तीनै टेस्ट जित्दै सिरिज आफ्नो पक्षमा पारेको हो । चौथो टेस्ट बुधबारबाट सिड्नीमा हुनेछ ।

अस्ट्रेलियाले पनि चौथो टेस्टका लागि ट्रभिस हेडको स्थानमा उस्मान ख्वाजालाई टोलीमा समावेश गरेको छ । हेडले कोरोना संक्रमणका कारण चौथो टेस्ट गुमाउने भएका हुन् ।