दिल्लीमा एम्सका सबै कर्मचारीको जाडो विदा रद्द

एजेन्सी, २० पुस । भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण दर बढेपछि अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)ले सबै कर्मचारीको जाडो विदा रद्द गरेको छ ।
एम्सले एक नोटिस जारी गर्दै सबै संकायका कर्मचारीको विदा रद्द गर्दै तत्काल सेवामा हाजिर हुन निर्देशन दिएको हो ।
ओमिक्रोनको बढ्दो संक्रमणका कारण ५ देखि १० जनवरीसम्मको शीतकालीन विदा रद्द गर्ने निर्णय गरिएको एम्सले नोटिसमा भनेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ३७ हजार ३७९ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोरोना संक्रमण भएपछि उनी मंगलबारबाट आइसोलेशनमा बसेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


