पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाइयो

काठमाडौं, १९ पुस । मरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाइएको छ ।
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार जानकारी दिएको हो ।
नेपालले दशरथ रंगशालामा अफ्रिकन राष्ट्र मरिसससँग जनवरी २९ र १ फेब्रुअरीमा दुई मैत्रीपूर्ण खेल खेल्ने छ ।
बन्द प्रशिक्षणमा परेका खेलाडीमा विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, दिनेश राजवंशी, आशिष लामा, एरिक विष्ट, आयुस घलान, दर्शन गुरुङ, सुमन लामा, आकाश बुढा मगर,अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, विशाल राई, देवेन्द्र तामाङ, दिनेश हेमजन, गौतम श्रेष्ठ, कमल थापा, क्षितिजरन्त छुन्जु, मनिष डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल,सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई, तेज तामाङ र सुदीप गुरुङ रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


