काठमाडौं, १९ पुस । एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा ३२ खेलाडीलाई बोलाइएको छ ।

फुटसल टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएको एन्फाले सोमबार जानकारी गराएको हो ।

एसियन कप छनोट अप्रिल १ देखि १५ सम्म किर्गिस्तानमा हुनेछ । नेपालले शुक्रबारबाट काठमाडौंमा प्रशिक्षण सुरु गर्नेछ ।

काठमाडौंमा प्रारम्भिक छनोट चरण पूरा भएपछि भने टोलीले पोखरामा प्रशिक्षण गर्ने एन्फाले जनाएको छ ।