सातदोबाटोलाई पराजित गर्दै हिमालयन शेर्पा लिगको पाँचौं स्थानमा उक्लियो

काठमाडौं, १९ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सातदोबाटो युथ क्लबलाई पराजित गर्दै हिमालयन शेर्पा लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को जित हात पारेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले पेनाल्टीमार्फत् गरेको एक मात्र गोल हिमालयनलाई जित दिलाउन पर्याप्त बन्यो ।
सातादोबाटोका पिटर सेगुनले त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो ।
थप गरिएको समयमा मार्टिन एडेल्फे पेनाल्टीमा चुक्दा सातदोबाटो पराजित हुन पुग्यो । जीवन गुरुङले मार्टिनलाई नै लडाएपछि प्राप्त पेनाल्टीमा उनैको प्रहार हिमालयन शेर्पाका गोलरक्षक दीप कार्कीले सहजै नियन्त्रणमा लिए ।
तेस्रो जितसँगै सात खेलमा हिमालयन शेर्पाले ११ अंक जोडेको छ । पराजित सातदोबाटोको समान खेलबाट ८ अंक छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


