एजेन्सी, १८ पुस । नाइजेरियाको प्रहरीले त्यहाँको दक्षिणी प्रान्त जाम्फाराबाट अपहरणमा परेका २१ बालबालिकाको उद्धार गरेको छ ।

प्राप्त समाचार अनुसार ती बालबालिकालाई नाइजेरियाको विद्रोहीहरुको संस्था बोको हरामका हतियारधारीहरूले अपहरण गरी लगेका थिए ।

ती बालबालिका अपहरणमा परेको सूचना पाएपछि प्रहरीले पिछा गरेको थियो । त्यसलगत्तै उनीहरुलाई भगाउँदै गरेका अवस्थामा राजमार्गबाट अपहरणमुक्त गराएको हो ।

अपहरणमुक्त गराएपछि प्रहरीले लगत्तै पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी दिएको थियो ।