एजेन्सी, १८ पुस । भारतले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था माथि कडाई गर्न सुरु गरेको छ ।

भारतीय मिडियाका अनुसार भारत सरकारले हालै मात्र ६ हजार एनजीओ तथा आइएनजीओले नवीकरणका लागि दिएको निवेदन अस्वीकार गरेको हो ।

भारत सरकारले ती एनजीओ÷आइएनजीओको फरेन कन्ट्रिब्युन रेगुलेशन एक्ट (एफसीआरए) लाइसेन्स नवीकरण नगरेको हो । यो लाइसेन्स नवीकरण नभएपछि ती एनजीओ तथा आएनजीओले विदेशबाट आउने दान लिन पाउने छैनन् ।

अक्सफाम इण्डिया, इण्डियन युथ सेन्टर्स ट्रस्ट, जामिया मिल्लिया इस्लामिया लगायतको लाइसेन्स नवीकरण गर्न सरकारले अस्विकार्य गरेको जनाइएको छ ।

अक्सफामले भारत सरकारका कारण आफ्नो १६ राज्यमा सञ्चालन गरेको मानवीय तथा सामाजिक कार्य संकटमा पर्ने प्रतिक्रिया दिएको छ ।