एजेन्सी, १८ पुस । फ्रेन्च लिग वान क्लब मोनाकोले मुख्य प्रशिक्षक निको कोभाचलाई बर्खास्त गरेको छ ।

मोनाकोले कोभाचलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको १८ महिनापछि बर्खास्त गरेको हो ।

जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखका पूर्व प्रशिक्षक कोभाच सन् २०२० को जुलाइमा मोनाको प्रशिक्षकमा नियुक्त भएका थिए ।

‘मोनाकोले प्रशिक्षक कोभाचलाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको छ । क्रोएसियाली प्रशिक्षकलाई यसबारे बिहीबार जानकारी दिइएको थियो,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोभाचको बर्खास्तीसँगै टोलीको अन्तरिम प्रशिक्षकको जिम्मेवारी स्टेफाने नाडोले सम्हाल्ने भएका छन् ।

मोनाको लिग वानमा १९ खेलबाट २९ अंक जोडेर छैठौं स्थानमा छ ।