एजेन्सी, १८ पुस । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई कोरोना संक्रमण भएको छ ।

पिएसजीले आइतबार मेस्सीलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

कोरोना संक्रमण भएपछि मेस्सी सेल्फ आइसोलेसनमा छन् ।

यही सिजन स्पेनिस क्लब बार्सिलोनबाट पेरिस आएका मेस्सीले लिग वानको ११ खेलमा १ गोल गरेका छन् ।