अतिरिक्त शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेजमा तालाबन्दी

काठमाडौं, १८ पुस । अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरुले काठमाडौं मेडिकल कलेजमा तालाबन्दी गरेका छन् ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस संकायमा ४० लाखसम्म शुल्क लिन पाइने व्यवस्था गरेपनि काठमाडौं मेडिकल कलेजले निर्धारित शुल्कभन्दा करिब २० लाख अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरु निरन्तर विरोधमा छन् ।
आइतबार विद्यार्थी, अभिभावक र संयुक्त विद्यार्थी संगठनले भक्तपुरको दुवाकोटमा रहेको कलेज भवनमा तालाबन्दी गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


