तनहुँ, १७ पुस । तनहुँमा ३२ हजारभन्दा बढी बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालयले सबै पालिकाको समन्वयमा विद्यालयमै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोप लगाएको हो ।

१० पालिकाका ३२ हजार ८४४ बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए । तनहुँमा ३७ हजार बालबालिकालाई उक्त खोप लगाउने लक्ष्य रहेपनि लक्ष्यको ८९ प्रतिशतले मात्र खोप लगाएको उनले बताए ।

खोप लगाउनेमध्ये १६ हजार ६६३ छात्रा र १६ हजार १८१ छात्र छन् । भानुमा ४ हजार ७५७, व्यासमा ८ हजार ९१३, शुक्लागण्डकीमा ५ हजार ६१९ र भिमाद नगरपालिकामा २ हजार ८१२ बालबालिकाले खोप लगाएका हुन् ।

यसैगरी, म्याग्देमा १ हजार ४६४, घिरिङमा १ हजार २५३, ऋषिङमा २ हजार ७७, देवघाटमा १ हजार ५३४, बन्दीपुरमा १ हजार ८९० र आँबुखैरेनी गाउँपालिकामा २ हजार ५२५ बालबालिकाले खोप लगाएका छन् ।