जावलाखेलमाथि थ्रीस्टारद्वारा २–१ को रोमाञ्चक जित

काठमाडौं, १७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा थ्रीस्टार क्लब विजयी भएको छ ।
थ्रीस्टारले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जावलाखेल युथ क्लबमाथि २–१ को रोमाञ्चक जित हात पारेको हो ।
थ्रीस्टारको जितमा आयुष घलान र रितिककुमार खड्काले १–१ गोल गरे ।
जावलाखेलका लागि निकोलस फर्नान्डेजले १ गोल फर्काए । खेलको सातौं मिनेटमा आयुषले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।
२६ औँ मिनेटमा रितिकले टोलीको अग्रता दोब्बर बनाए । ५५ औँ मिनेटमा फर्नान्डेजले गोल गर्दै जावलाखेललाई २–१ को अवस्थामा ल्याए ।
त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा थ्रीस्टार विजयी भएको हो । यो जितसँगै ७ खेलमा १० अंक जोडेको थ्रीस्टार लिगको पाँचौं स्थानमा उक्लिँदा जावलाखेल ७ अंकका साथ नवौं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


