‘ए’ डिभिजन लिग: मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइजमाथि १–० को जित निकाल्यो

काठमाडौं, १७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको खेलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ ।
मनाङले पोखरा रंगशालामा ब्रिगेड ब्वाइज क्लबमाथि १–० को कठिन जित हात पारेको हो ।
यो जितसँगै शीर्ष स्थानमा उक्लिएको मनाङले एएफसी कप छनोटको सम्भावनालाई जीवितै राखेको छ ।
पहिलो हाफको थप गरिएको समयमा कप्तान अञ्जन विष्टले गरेको एक मात्र गोल मनाङलाई जित दिलाउन प्रयाप्त बन्यो ।
खेलको १७ औं मिनेटमा ब्रिगेडले पेनाल्टीमार्फत गोल गर्ने सुनौलो अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् ।
शिशिर लेखीको पेनाल्टी प्रहार क्रस बारमाथिबाट बाहिरिएको थियो । यो जितसँगै मनाङले ७ खेलमा १६ अंक जोड्दा ब्रिगेड ५ अंकका साथ १२औँ स्थानमा छ ।

