एजेन्सी, १७ पुस । दक्षिण अफ्रिकाविरुद्ध ३ खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा भारतीय टोलीको कप्तानी केएल राहुलले गर्ने भएका छन् ।

रोहित शर्मा चोटका कारण टोलीमा उपलब्ध नहुने भएपछि भारतीय क्रिकेटको सर्वोच्च निकाय भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले ओपनर राहुललाई कप्तान तथा तीव्र गतिका बलर जसप्रित बुमराहलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको हो ।

एकदिवसिय सिरिज खेल्ने भारतीय टोलीः

केएल राहुल (कप्तान), जसप्रित बुमराह (उपकप्तान), विराट कोहली, शिखर धवन, ऋषभ पन्त (विकेटकिपर), युजभेन्द्र चहल, रविचन्द्र आस्विन, श्रेयस अय्यर, वासिन्टन सुन्दर, भुवनेश्वर कुमार, ऋतुराज गायकवाड, सुर्यकुमार यादव, इशान किशन (विकेटकिपर), वेन्कटेश अय्यर, दिपक चाहर, शार्दुल ठाकुर,प्रशिद्ध कष्णा र मोहम्मद सिराज

सिरिजको खेल तालिका

पहिलो खेल: १९ जनवरी, बोल्यान्ड पार्क

दोस्रो खेल:२१ जनवरी, बोल्यान्ड पर्क

तेस्रो खेल: २३ जनवरी, केप टाउन