एसिसी यु–१९ एसिया कपको उपाधि भारतले जित्यो

एजेन्सी, १६ पुस । एसिसी यु–१९ एसिया कपको उपाधि भारतले हात पारेको छ ।
भारतले शुक्रबार भएको फाइनलमा श्रीलंकालाई हराउँदै आठौंपटक यु–१९ एसिया कपको उपाधि उचालेको हो ।
वर्षाले प्रभावित भएपछि ३८ ओभरमा झारिएको खेलमा डकवर्थ लेविस पद्धतिअनुसार भारतले १०२ रनको लक्ष्य प्राप्त गरेको थियो ।
उत्त लक्ष्य भारतले २१.३ ओभरमा मात्र १ विकेट गुमाउँदै भेट्टायो । भारतका लागि अविजित रहेका अंक्रिस रधुवंशीले ५६ र शइक राशिदले ३१ रनको योगदान दिए ।
६७ बलको सामना गरेका रधुवंशीले ७ चौका प्रहार गरे । श्रीलंकाका लागि एक मात्र विकेट यासिरु रोड्रिगोले लिए ।
यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ३८ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको थियो ।
श्रीलंकाका लागि यासिरु रोड्रिगोले अविजित रहँदै सर्वाधिक १९ रन जोडे । रभिन डी सिल्भाले १५ तथा सदिशा राजापाक्षे र मथिस पाथिरानाले १४–१४ रन बनाए ।
भारतका लागि विक्की ओस्तवालले ३, कुशल ताम्बेले २ तथा राजविन्दर हन्गर्गकर, रविकुमार र राज बावले १–१ विकेट हात पारे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


