शुक्रबार २३५ नयाँ संक्रमित थपिए, २१२ संक्रमणमुक्त, ४ जनाको मृत्यु

काठमाडौं, १६ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २३५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ ।त्यस्तै, ८ लाख ११ हजार ९५८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ रहेको छ । जसमध्ये ४ हजार ६५१ जना होम आइसोलेसनमा र २२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ८९ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


