पूर्व भारतीय कप्तान सौरभ गांगुली अस्पतालबाट डिस्चार्ज

एजेन्सी, १६ पुस । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का प्रमुख तथा पूर्व भारतीय कप्तान सौरभ गांगुली अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उनी केही दिनअघि कोरोनाभाइरस संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए ।
अस्पतालले गांगुलीको अवस्था सामान्य रहेको र उनको अक्सिजन लेभल ९९ प्रतिशत रहेको भए पनि अस्पतालमा भर्ना गरिएको जनाएको थियो।
उनलाई ककटेल थेरापीबाट उपचार गरिएको अस्पतालले जनाएको छ । यो थेरापी ती कोरोनाभाइरस संक्रमितलाई गरिन्छ जसलाई कोरोनाका कारण खतरा निकै बढी भएको मानिन्छ ।
यसअघि गत जनवरीमा गांगुलीले टाउकोमा समस्या भएको भन्दै अस्पताल भर्ना भएका थिए । त्यति बेला उनको मुटुमा पनि समस्या देखिएको थियो । मुटुमा समस्या देखिएपछि उनको एन्जियोप्लास्टी गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


