नेपालको जिम्मेवारी सम्हाल्न पाएकोमा पुबुदुद्वारा खुसी व्यक्त

काठमाडौं, १५ पुस । नेपाल क्रिकेट राष्ट्रिय टोलीका नवनियुक्त प्रमुख प्रशिक्षक पुबुदु दसानायकेले नेपालको जिम्मेवारी सम्हाल्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
बिहीबार भएको पत्रकार सम्मेलनमा उनले नेपालमा पुनः फर्किन पाएकोमा खुसी व्यक्त गरेका छन् ।
उनले क्यान र खेलाडी बीचको विवाद सुल्झाउने कोसिसमा पनि आफू अग्रसर हुने बताएका छन् । उनले भने, ’म २/३ दिनभित्रमा नै खेलाडीसँग बसेर यी कुराहरूको बृहत जानकारी लिन्छु । उनीहरूलाई राष्ट्रिय टोलीमा फर्काउने मेरो प्यास रहनेछ ।’
यसै क्रममा क्यानले गरेको निर्णयमा आफूले हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । २०११ देखि २०१५ सम्मका खेलाडीलाई आफूले देखेको तर त्यसपछिका खेलाडीको पनि प्रस्तुति हेर्न चाहेको उनले बताए ।
प्रधानमन्त्री कप, मेयर कपजस्ता घरेलु प्रदर्शन हेर्न आफू उत्साहित रहेको उनले बताएका छन् । त्यसपछि विश्व कप छनोट कपको लागि तयारीमा रहने पनि बताएका छन् ।
यीनै तयारीअनुसार आफू अघि बढ्दै जाने बताए । यससँगै आफू नेपाली क्रिकेटलाई सदैव आगाडि बढाइराख्ने तयारीका साथ नेपाल आएको बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


