चेल्सीले ब्राईटनसँग बराबरी खेल्यो

एजेन्सी, १५ पुस । इंग्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा घरेलु टोली चेल्सीले ब्राईटनसँग बराबरी खेलेको छ ।
स्टामफोर्ड ब्रिजमा दुवै टोली १–१ को बराबरीमा रोकिएका हुन् । शुरुवाती अग्रता जोगाउन नसक्दा चेल्सी अंक बाँड्न बाध्य बन्यो ।
खेलको २८औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।
खेलको अन्त्यतिर चेल्सीले गोल खान पुग्यो । थप गरिएको समयमा डानी वलबेकले खेललाई बराबरीमा ल्याए ।
यो नतिजासँगै २० खेलमा ४१ अंक जोडेको चेल्सी दोस्रो स्थानमा उक्लिँदा ब्राइटन १८ खेलमा २४ अंकका साथ १०औं स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


