एजेन्सी, १५ पुस । भारतको जम्मू–कश्मीरमा बुधबार राति भएको मुडभेडमा दुई जना पाकिस्तानीसहित ६ जना मारिएको कश्मीरस्थित पुलिसले जनाएको छ ।

बुधबार जम्मू–कश्मीरका अलग–अलग दुई स्थानमा सुरक्षाकर्मी र चरमपन्थीबीच भएको मुडभेडमा जैश–ए–मोहम्मदका ६ जना चरमपन्थी मारिएको प्रहरीको दाबी छ । मुडभेडमा मारिने चार जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार दुई जना पाकिस्तानी र दुई जना स्थानीय चरमपन्थी मारिएका छन् ।

मुडभेडमा एक जना प्रहरी घाइते भएको बीबीसी हिन्दीले जनाएको छ । बुधबार रातिदेखि कुलगाम जिल्लाको नौगाम, अनन्तनाग र मिरहमामा सुरक्षाकर्मीले कारबाही गरिरहेका छन् । सोही क्रामा सुरक्षाकर्मी र जैश–ए–मोहम्मदका चरमपन्थीबीच मुडभेड भएको थियो ।