अर्जेन्टिनाका फुटबल लेजेण्ड डिएगोका भाइ हुगोको निधन

एजेन्सी, १४ पुस । अर्जेन्टिनाका फुटबल लेजेण्ड डिएगो म्याराडोनाका भाइ हुगो म्याराडोनाको निधन भएको छ ।
ह्युगोको हृदयघातका कारण इटालीको नापल्सस्थित उनकै घरमा मृत्यु भएको हो । उनी ५२ वर्षका थिए ।
डिएगोको मृत्यु भएको १३ महिनापछि ह्युगोको मृत्यु भएको हो ।
एक महिनाअगाडि नापल्समा रहेको म्याराडोना स्टेडियममा दाजुको सम्झनामा गरिएको कार्यक्रममा उनी सहभागी भएका थिए ।
डिएगोजस्तै ह्युगो पनि व्यावसायिक फुटबल खेलाडी हुन् । उनी पनि सानै उमेरबाट फुटबल खेल्न थालेका थिए ।
उनी इटाली, स्पेन, जापान र अर्जेन्टिनाका विभिन्न लिगमा आवद्ध भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


