काठमाडौं, १४ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २२० जना कोरोनाका नयाँ संक्राित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४३३ जनाको पीसीआर परीक्षण गर्दा २०३ र १ हजार १७५ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २५३ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २४ हजार १५७ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५९० पुगेको छ ।त्यस्तै, ८ लाख ११ हजार ५१८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८६४ रहेको छ । जसमध्ये ४ हजार ६०८ जना होम आइसोलेसनमा रहेका छन् भने २५६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ८७ जना आईसीयू र २१ जना भेन्टिलेटरमा उपचाररत् छन् ।