भारतले विकसित गरेको दुई नयाँ खोपलाई आपतकालीन प्रयोगको अनुमति

एजेन्सी, १३ पुस । भारतले कोरोनाविरुद्ध विकसित गरेको दुई नयाँ खोप कोभोभ्यास र कोर्बिभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
त्यस्तै, कोभिडविरुद्ध खाने चक्की पनि प्रयोगमा आउने भएको छ । यी तीनवटै औषधि कोभिडविरुद्धको अभियानमा प्रभावकारी हुने जनाइएको छ ।
दुबै नयाँ खोप आगामी दिनमा बुस्टर डोजको रुपमा प्रयोग गरिने सरकारले जनाएको छ । योसँगै भारतमा कोभिडविरुद्ध आपत्कालीन प्रयोगमा ल्याइएका खोपको संख्या आठ पुगेको छ ।
यसअघि कोभिडशिल्ड, कोभ्याक्सिन, जाइकोभ–डी, रसियाको स्पतुनिक भी, अमेरिकामा विकसित गरिएको मोडेर्ना र जोनसन एन्ड जोनसोनलाई भारतको औषधि नियामक निकाय इमर्जेन्सी युज अथराइजेसन (इयुए)ले अनुमोदन गरेको थियो ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि कोभोभ्यासलाई आपत्कालीन प्रयोगको सूचीमा राखेको छ । भारतले प्रयोगका लागि अनुमति दिएको नयाँ खोप कोर्बिभ्याक्सलाई भारतको वायोलोजिकल इ लिमिटेडले विकसित गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


