नेपाली महिला टिमलाई खेलकुदमन्त्री गहतराजले दिए बधाई

काठमाडौं, १३ पुस । बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टिमलाई युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बधाई दिएका छन् ।
साविकको विजेता नेपालले उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै उपाधि रक्षा गरेपछि मन्त्री गहतराजले खुसी व्यक्त गर्दै बधाई दिएका हुन् ।
नेपाली टिमको जितको खबरले गौरब र खुसीको अनुभूति भएको उल्लेख गर्दै मन्त्री गहतराजले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई बधाई दिएका हुन् । उनले सामाजिक संजालमा आफ्नो धारणा सार्वजनिक गर्दै खुसी व्यक्त गरेका हुन् ।
बंगलादेशको ढाकामा मंगलबार भएको फाइनल खेलमा नेपाली महिला भलिबल टिमले उज्वेकिस्तानलाई ३–२ को सेटमा हराएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


