काठमाडौं, १३ पुस । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा मंगलबार नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।

उज्वेकिस्तानले खेल २५–१५, २५–१७ र २५–२१ ले आफ्नो पक्षमा पार्दै लिग चरणमा बेहोरेको हारको बदला लियो । लिग चरणमा नेपालले ३–१ सेटको जित हात पारेको थियो ।

महिलतर्फ भने नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको छ । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ५ टोलीको सहभागिता थियो ।