ब्राजिलमा भारी वर्षा, २० जनाको मृत्यु

एजेन्सी, १३ पुस । ब्राजिलमा भारी वर्षा जारी रहेको छ । सो वर्षाबाट २० जनाको ज्यान गएको बताइएको छ ।
ब्राजिलको उत्तरपूर्वी बाहियामा वर्षाको प्रभाव बढी देखिएको छ । सो राज्यमा आएको वर्षाका कारण भौतिक क्षति पनि पुगेको छ ।
यहाँको प्रकोप नियन्त्रण निकायले वर्षाबाट अहिलेसम्म २० जनाको ज्यान गएको र अरु ३५८ जना घाइते भएको जनाएको छ ।
वर्षापछिको बाढीका कारण उनीहरु घाइते भएका हुन् । सो वर्षाबाट करिब पाँच लाख नागरिक नराम्ररी प्रभावित भएका बताइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


