जावलाखेलले सातदोबाटोमाथि २–० को सहज जित निकाल्यो

काठमाडौं, १२ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबारको खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबमाथि २–० को सहज जित हात पारेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालमा जावलाखेललाई जित दिलाउन विपिन कँडेल र निकोलस फर्नान्डेसले १–१ गोल गरे ।
खेलको ५०औं मिनेटमा विपिनले जावलाखेललाई अग्रता दिलाएका थिए । उनले ओनगुना जुनियरको क्रसमा पासाङ लामाले क्लियर गर्ने नसकेको बललाई नियन्त्रणमा लिँदै गोल गरेका थिए ।
७०औं मिनेटमा फर्नान्डेसले टोलीको अग्रता दोब्बर बनाए । उनले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।
योसँगै प्रतियोगितामा दोस्रो जित निकालेको ६ खेलमा ७ अंक जोड्दै जावलाखेल नवौं स्थानमा उक्लिँदा ८ अंकका साथ जावलाखेल पाँचौं स्थानमा कायम छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


