काठमाडौं, १२ पुस । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालले लगातार पाँचौं जित हात पारेको छ ।

ढाकाको मिरपुरस्थित सहिद सुरवार्दी राष्ट्रिय इन्डोर स्टेडियममा सोमबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले महिलातर्फ किर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै विजयी यात्रालाई कायम राखेको हो ।

प्रतियोगिताको साविक विजेता समेत रहेको नेपालले खेल २५–८, २५–१४ र २५–१७ ले आफ्नो पक्षमा पार्दै शीर्ष स्थानमा रहेर फाइनल प्रवेश ग¥यो । यसअघि नेपालले श्रीलंकालाई ३–२ र माल्दिभ्स, आयोजक बंगलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

नेपालले मंगबार हुने फाइनलमा उज्वेकिस्तानको सामना गर्नेछ । उज्वेकिस्तानले समूह चरणको आफ्नो अन्तिम खेलमा श्रीलंकामाथि ३–२ सेटको जित हात पार्दै दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।