काठमाडौं, १२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिएको छ ।

सोमबारको तथ्यांक अनुसार एकैदिनमा ५ लाखभन्दा बढी मानिसले खोप लगाएका छन् । दैनिक खोप लगाएको मानिसको यो संख्या अहिलेसम्मकै बढी हो । पछिल्लो २४ घन्टामा ५ लाख ६८ हजार ३१९ जनाले कोरोना खोप लगाएका छन् ।

दैनिक २ लाख जनालाई खोप लगाउने लक्ष्यका साथ मन्त्रालयले खोप अभियान सञ्चालन गरिरहेको छ । मन्त्रालयको तथ्यांक अनुसार नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको ६८.१ प्रतिशतले कम्तीमा एक मात्रा र ५१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।