सोमबार २७१ नयाँ संक्रमित थपिए, २२५ जना संक्रमणमुक्त

काठमाडौं, १२ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार ९ हजार १५७ जनाको पीसीआर परीक्षण गर्दा २५१ र १ हजार ७२९ जनाको एन्टीजेन परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २२५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ६७३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५८६ पुगेको छ । त्यस्तै, ८ लाख ११ हजार ५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ रहेको छ । जसमध्ये ४ हजार ६९४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७८ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


