१५ देखि १८ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप दिने मोदीको घोषणा

एजेन्सी, ११ पुस । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १५ देखि १८ वर्ष उमेर समूहलाई कोरोनाविरुद्धको खोप दिने घोषणा गरेका छन् ।
यो समूहलाई नयाँ वर्ष २०२२ को जनवरी ३ तारिखदेखि खोप दिइने मोदीले बताए । मोदीले स्वास्थ्यकर्मी र ६० वर्ष माथिको समूहलाई पनि बुस्टर डोज दिने घोषणा गरेका छन् ।
मोदीले भनेका छन्, ‘१५ देखि १८ वर्ष उमेरका जो बालबालिकाहरु छन्, अब उनीहरुका लागि भारतमा खोप अभियान सुरु हुनेछ । सन् २०२२ को जनवरी ३, सोमबारदेखि यसको शुरुवात हुनेछ ।’
उनले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट आतंकित नहुन आग्रह गर्दै सावधान र सतर्क रहन आह्वान गरे ।
भारतले यसै वर्षको १६ जनवरीदेखि आफ्ना नागरिकहरुलाई कोरोनाविरुद्धको खोप दिन सुरु गरेको थियो । मोदीले भारतीय नागरिकहरुलाई १४१ डोज खोप दिएर कठिन लक्ष्य पार गरेको पनि बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


