काठमाडौं, १० पुस । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा साविक विजेता प्रदेश–१ विजयी भएको छ ।

प्रदेश–१ ले शनिबार सुदूरपश्चिममाथि ९ विकेटको सहज जित हात पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । ८६ रनको सामान्य लक्ष्य प्रदेश–१ ले १६.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पूरा ग¥यो ।

उसका लागि अविजित रहेकी कप्तान रुबिना क्षेत्रीले ३१ र अप्सरी बेगमले ९ रनको योगदान दिँदा काजल श्रेष्ठले २८ रन बनाइन् । सुदूरपश्चिमका लागि कविता जोशीले मात्र एक विकेट हात पारिन् ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो ।

उसका लागि सम्झना खड्काले सर्वाधिक २७ रनको योगदान दिइन् । कप्तान ऋतु कनौजियाले २५ र डली भट्टले १२ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रदेश–१ का लागि ज्योति दनुवार, अलिशा खडिया, रुबिना क्षेत्री र संगिता राईले एक÷एक विकेट हात पार्दा ३ विकेट रन आउटका रूपमा प्राप्त भयो । प्रदेश–१ ले उपाधिका लागि एपिएफ र लुम्बिनी प्रदेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।