काठमाडौं, १० पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबमाथि ३–१ को जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिमालयनलाई जित दिलाउन मुताम्बा पिस्टोन भुनयोलीले २ र सुरेश कुमालले १ गोल गरे । च्यासलका लागि रूमेश बर्ताैलाले एक गोल फर्काए ।

खेलको २५ औं मिनेटमा मुताम्बाले हिमालयनलाई अग्रता दिलाएका थिए । ५६ औं मिनेटमा मुताम्बाले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गरे ।

७५ औं मिनेटमा रूमेशले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ८० औं मिनेटमा सुरेशले गोल गरेपछि हिमालयनले ३–१ को जित दर्ता गरेको हो ।

योसँगै लगातार दोस्रो जित हात पारेको हिमालयन ६ खेलमा ८ अंक जोड्दै छैटौं स्थानमा उक्लिदा च्यासल ४ अंकका साथ १३ औं स्थानमा छ ।