इजरायललाई चेतावनी दिन इरानद्वारा मिसाइल प्रहार

एजेन्सी, १० पुस । इरानले आफ्नो पाँचदिने सैन्य अभ्यासको अन्तिम दिन इजरायललाई चेतावनी दिन १६ ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
समाचार एजेन्सी एएफपीका अनुसार इरानको सैन्य बलका प्रमुख मेजर जनरल मोहम्मद बगेरीले सरकारी टिभी च्यानललाई भनेका छन्, ’यो अभ्यास यहुदी शासकले उत्पन्न गरेको खतरालाई जवाफ दिनका लागि गरिएको हो ।’
उनका अनुसार चयन गरिएको लक्ष्यमा १६ मिसाइल प्रहार गरिएको थियो । यो अभ्यासमा सयौँ इरानी मिसाइल समावेश थिए । यी मिलाइले इरानमाथि आक्रमण गर्ने साहस गर्ने देशलाई ध्वस्त पार्न सक्ने उनको चेतावनी थियो ।
प्याम्बर–ए–अज्दम वा ’ग्रेट प्रोफेट’ भनेर चिनिने सैन्य अभ्यास सोमबार बुशेहर, होर्मजगान र खुजेस्तान प्रान्तमा सुरु भएको थियो । यी सबै प्रदेश खाडीसँग जोडिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


