काठमाडौं, ९ पुस । सूर्य नेपाल गल्फ टुर अन्तर्गतको दोस्रो प्रतियोगिता ‘सूर्य नेपाल इस्टर्न ओपन’ गल्फ प्रतियोगिता यही डिसेम्बर २७ देखि २९ सम्म धरानमा हुने भएको छ ।

धरान गल्फ क्लबमा हुने प्रतियोगितामा हालसम्म ३५ प्रोफेसनल र १५ एमेच्योर गल्फरले सहभागिता जनाउने पक्का भइसकेको आयोजकले जानकारी दिए । नाम दर्ता गराउने समय २५ डिसेम्बरसम्मका लागि तोकिएको छ ।

५४ होलमा खेलाइने प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ७५ हजार हुने आयोजकले बताएका छन् ।

प्रतियोगिताको विजेताले १ लाख ३५ हजार, उप विजेताले ८८ हजार र तेस्रो स्थान हाँसिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ट २१ भित्र पर्नेलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।