ब्राजिलियन फुटबल लिजेन्ड पेले अस्पतालबाट डिस्चार्ज

एजेन्सी, ९ पुस । पेटको ट्युमरको नियमित उपचारका लागि अस्पताल भर्ना भएका ब्राजिलियन फुटबल लिजेन्ड पेले डिस्चार्ज भएका छन् ।
परिवारसँग क्रिसमस मनाउन भन्दै ८१ वर्षीय पेलेले अस्पतालबाट डिस्चार्ज लिएको बताइएको छ । घरमै रहेपनि उनी पूर्ण रूपमा चिकित्सकको निगरानीमा नै रहने छन् ।
पेलेको गत सेप्टेम्बरमा ट्युमरको शल्यक्रिया गरिएको थियो । तीनपटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले दुई सातअघि पुनः साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना भएका थिए ।
पेले ब्राजिलका सर्वाधिक गोलकर्ता हुन् । उनले ९२ खेलमा ७७ गोल गरेका छन् । पेलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


