सेन्ट्रल जोन भलिबलमा श्रीलंकामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं, ८ पुस । एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपअन्तर्गत बिहीबारको खेलमा जित हात पार्दै नेपालले विजयी शुरुवात गरेको छ ।
बंगलादेशको ढाकामा महिलातर्फको साविक विजेता नेपालले दुई सेटले पछि परेको अवस्थालाई उल्टाउँदै श्रीलंकामाथि ३–२ सेटको रोमाञ्चक जित हात पारेको हो ।
शुरुवाती दुई सेट २५–१९ र २५–२१ ले गुमाएको नेपालले त्यसपछिका तीन सेट २५–१५, २५–१९ र १५–१३ ले आफ्नो पक्षमा पार्दै पुनरागमन जित हात पारेको हो
प्रतियोगितामा पुरुषतर्फ आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले सहभागिता जनाएका छन् ।
सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


