यु–१९ एसिया कपमा पाकिस्तानको विजयी शुरुवात

एजेन्सी, ८ पुस । युएईमा जारी एसिसी यु–१९ एसिया कपमा पाकिस्तानले विजयी शुरुवात गरेको छ । उसले बिहीबार अफगानिस्तानमाथि ४ विकेटको जित हात पारेको हो ।
५३ रनको विजयी लक्ष्य पाकिस्तानले १६.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो ।
पाकिस्तानका लागि माज सदाकतले अविजित १४ र हसिबउल्लाह खानले ११ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानका लागि नुर अहमेदले ३, बिलाल सामीले २ तथा इज्हारउलहक नाभिदले १ विकेट हात पारे ।
यसअघि दुबईस्थित आइसिसी एकेडेमी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले २३.१ ओभरमा सबै विकेट गुमाउदै ५२ रन बनाएको थियो ।
अफगानिस्तानका लागि नान्गेयालिया खरोटेले १५ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
अफगानिस्तानलाई सस्तैमा समेट्न अहमेद खानले ३, जिशन जमिर र अवैस अलीले २÷२ तथा कासिम अक्रम र अली अस्फन्दले १÷१ विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


