एजेन्सी, ८ पुस । भारतको महाराष्ट्र सरकारका मुख्यमन्त्री उद्धव ठाकरेका छोरा आदित्य ठाकरेलाई हत्या गर्ने धम्की दिएका युवालाई भारतीय प्रहरीले पक्राउ गरेको छ ।

जयसिंह राजपुत नामका यी युवालाई मुम्बई प्रहरीले पक्राउ गरेको हो । उनी बेंगलुरुबाट पक्राउ परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

राजपुतले आदित्य ठाकरेलाई ८ डिसेम्बरमा फोन गरेका थिए । ठाकरेले फोन उठाएका थिएनन् । लगत्तै राजपुतले उनलाई हत्या गर्ने धम्की दिएका थिए ।

राजपुतले आफूलाई बलिउड अभिनेता सुशान्त सिंह राजपुतको फ्यान भएको बताएका थिए । सुशान्तको गत वर्ष भएको मृत्युपछि उनले ठाकरेलाई हत्या गर्ने धम्की दिएका थिए ।

सुशान्तको मृत्युका कारण भारतमा निकै ठूलो सनसनी फैलिएको थियो ।