बुधबार २३६ नयाँ संक्रमित थपिए, २७२ जना संक्रमणमुक्त

काठमाडौं, ७ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २३६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ ।
त्यस्तै, ८ लाख ९ जहार ३५९ जना संक्रमणमुक्त भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


