एजेन्सी, ७ पुस । उत्तरी म्यानमारमा एउटा खनिज खानी पुरिँदा १ जनाको मृत्यु भएको छ भने ७० जना बेपत्ता भएका छन् । खानीमा फसेका दर्जनौं मजदुरको खोजी भइरहेको छ ।

कचिन राज्यको हपकान्त क्षेत्रमा रहेको खानीभित्र मजदुर छिरेपछि ठूलो पहिरो गएको थियो ।

खानीमा अधिकांश मजदुर गैरकानुनी रूपमा खानीभित्र पसेको जनाइएको छ । पछिल्लो समयमा म्यानमारका खानीमा बारम्बार दुर्घटना हुने गरेका छन् ।