पाकिस्तान, इरान र टर्कीबीच मालवाहक रेल सेवा सुरु

एजेन्सी, ७ पुस । पाकिस्तान, इरान र टर्कीबीच व्यापारलाई बढावा दिने उद्देश्यले मालवाहक रेल सेवा सुरु भएको छ ।
पाकिस्तानका रेलमन्त्री आजम खान स्वाती र विदेशमन्त्री शाह महमुद कुरैशीले मरगला रेलवे स्टेसनबाट यो रेल सेवाको सुरुवात गरेका थिए ।
यो रेल सेवाको नाम इस्लामावाद, तेहरान र इस्तानबुलको नाममा ‘आईटीआई’ राखिएको छ ।
रेल सेवाले त्रिदेशीय व्यापारलाई बढावा दिने पाकिस्तानका विदेशमन्त्री कुरैशीले बताएका छन् । रेलमन्त्री स्वातीले छिट्टै त्रिदेशीय यात्रु वाहक रेल सेवा पनि सुरु गरिने जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


